काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने दाबी गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो गरेको मन्त्रिपरिषद विस्तारमा प्रधान न्यायाधीश चोलेन्द्र जबराको कोटामा पनि एक मन्त्री बनाएपछि नेता थापाले यस्तो टिप्पणी गरेका हुन् ।
देउवाले प्रधानन्यायाधीशको कोटाबाट गजेन्द्र हमाललाई उद्योगमन्त्रीमा नियुक्त गरेका थिए ।
नेता थापाले सामाजिक संजालमा लेखेका छन्, ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो?लोकतन्त्रमा शासकले निर्णय लिँदा वैधानिकताको कसीमा घोटेरमात्र पुग्दैन।त्यस्तो निर्णयको प्रतिरक्षा गर्न र जनताबाट अनुमोदित हुन सकेमात्र त्यसले वैधता पाउँछ।नत्र कानूनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ भन्ने खै हेक्का राखेको?’