नेकपा एमालेका महसचिव इश्वर पोखरेलले एमालेलाई कसैले बिभाजन गर्न नसक्ने बताएका छन् ।
शनिबार नेकपा एमाले किर्तिपुर नगर कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पोखरेलले एमाले बिभाजन भएको भनेर कसैले भ्रम सिर्जना गर्न खोजे त्यो यथार्थ नहुने बताएका हुन् ।
उहाले एमाले एकढिक्का भएर अघि बढ्ने जिकिर गरे । पार्टीको पक्षमा उभिएर क्रियाशिल हुन चाहनेहरु एक ठाउमा उभिनुपर्ने उनको भनाई छ । उनले केहि मानिसहरु अलमलमा परेको हुनसक्ने भन्दै अलमलमा परेकालाई पनि समावेश गरेर अघि बढ्ने धारणा राखे ।
महासचिव पोखरेलले नेपाली राजनीतिमा नेकपा एमाले छुटै ध्रुवको रुपमा खडा भएको बताए ।
उहाले नेपालका बिभिन्न चाडपर्वहरु समाजलाई एकतावद्ध बनाउने सुत्र भएको जिकिर गरे ।