काठमाडौँ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) को कात्तिक ६–८ मा काठमाडौंमा हुने भनिएको १० औं महाधिवेशन सरेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार महाधिवेशनका लागि प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रै महाधिवेशन गर्न निर्देशन दिएपछि आइतबार बसेको एनआरएनएको सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको हो ।
एनआरएनएका प्रवक्ता डीबी क्षेत्रीका अनुसार ६ महिनाभित्र महाधिवेशन गर्ने बताएपनि महाधिवेशनको नयाँ मिति भने तय गरिएको छैन ।