गण्डकीमा मन्त्रिपरिषद् विस्तार – डोबाटे विश्वकर्मा बिनाविभागीय मन्त्री नियुक्त, आजै सपथको तयारी-Sutra News

गण्डकीमा मन्त्रिपरिषद् विस्तार – डोबाटे विश्वकर्मा बिनाविभागीय मन्त्री नियुक्त, आजै सपथको तयारी

सोमबार, २५ असोज २०७८

सोमबार, २५ असोज २०७८

पोखरा । गण्डकी प्रदेशका कांग्रेस सांसद डोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त भएका छन् ।



उनलाई सोमबार मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रीमा नियुक्त गरेका हुन् ।  डोबाटेलाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ । 

उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेको एक नेताले जानकारी दिए ।

गण्डकीमा काँग्रेस नेता पोखरेल नेतृत्वको सरकार छ । एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

कांग्रेस सांसद डोबाटे तनहुँका हुन्। उनको सोमबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने बताइएको छ।

डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट