साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाल पराजित भएको छ । आइतबार राति माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा भारतले नेपाललाई १-० गोलले पराजित गरेको हो ।
जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो भने भारतको पहिलो जित हो।
हारपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हार खेलाडीका कारण आफ्नो कारणले भएको बताए ।
पत्रकारसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनी आफू नेपालको प्रस्तुतीमा सन्तुष्ट रहेकोसमेत उल्लेख गरे ।
‘हारको जिम्मेवार म हुँ खेलाडी होइनन्,’ उनले भने।
यो हारपछि नेपाल ६ अंकमै सीमित रह्यो र अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।
आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंकमै शीर्षस्थानमा उक्लिएको छ । भारतको पाँच अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ ।