sutra news logo

बुधवार, कार्तिक १० गते २०७८

images

घट्यो सुनको मूल्य, तोलामा कति पर्ला ?

घट्यो सुनको मूल्य, तोलामा कति पर्ला ?

images

सूत्र न्यूज

२५ आश्विन २०७८
  • 289
    SHARES
  • घट्यो सुनको मूल्य, तोलामा कति पर्ला ?
    images

    काठमाडौँ । साताको दोस्रो कारोबारको दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन हिजोको तुलनामा जम्मा १ सय रुपैयाँले घटेको हो ।

    images

    हिजो आइतबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक एक सय रुपैयाँले घट्दै ९० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै घट्दै ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    चाँदी तोलामा २५ रुपैयाँले वृद्धि हुँदै एक हजार २०० रुपैयाँ पुगेको छ ।


    प्रकाशित :आश्विन २५, २०७८ सोमवार - ११:४८:५१

    प्रतिक्रिया


    ताजा अपडेट

    images
    विचार सबै
    अन्य समाचार

    Copyright © All right reserved - Sutra Media P. LTD.