काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले ५३४ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।
गत असोज १ र २ गते काठमाडौँमा सपन्न भएको राष्ट्रिय भेलाले सुनिता बरालको अध्यक्षतामा कमिटी पुनर्गठन गरेको थियो ।
केन्द्रीय कमिटीलाई पूर्णता दिएर सोमबार जारी गरिएको अनेरास्ववियुको सर्कुलरमा ३३ जना पदाधिकारी राखिएको छ। अखिलको वरिष्ठ उपाध्यक्षमा आरसी लामिछाने छन् भने महासचिव समिक बडाल छन् ।