प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको नारा- गोली हान्न पाइँदैन, मान्छे मार्न पाइँदैन-Sutra News

प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको नारा- गोली हान्न पाइँदैन, मान्छे मार्न पाइँदैन

सोमबार, २५ असोज २०७८

सोमबार, २५ असोज २०७८

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।



संसद बैठकमा आज पनि नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै संसद अवरुद्ध पारेका छन् ।

उनीहरुले माधव नेपालका १४ सांसदहरुलाई बैठकमा प्रवेश गर्न नहुने माग गर्दै आएका छन् ।

उनीहरुले गोली हान्न पाइँदैन, मान्छे मार्न पाइँदैन, कालो धन चाहिंदैन, पक्षपातपूर्ण व्यवहार मुर्दावाद भन्दै नारा लगाएका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट