बाँकेमा बसको ठक्करबाट दुई जनाको मृत्यु गएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी–८ परुवाखोला नजिकै सोमबार साँझ बसको ठक्करबाट दुई जनाको मृत्यु भएको हो।
काठमाडौँबाट बैतडी जाँदै गरेको ना ६ ख ७४८४ नम्बरको बसले राप्तीसोनारीस्थित परुवा खोला नजिकै ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
ज्यान गुमाउनेमा राप्तीसोनारी–८ बालापुर बस्ने २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र ३४ वर्षीया गीता थारु रहेका जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
घटनाको विरोधमा पीडित पक्षले पूर्वपश्चिम राजमार्गअन्तर्गत समसेरगञ्जमा राजमार्ग अवरुद्ध गरेका थिए। पैदल हिँडिरहेका चौधरी र खड्कालाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।