काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारले गएको कामप्रति टिप्पणी गरेका छन् । सामाजीक संजालमा व्यंग गर्दै उनले देउवा सरकारले गरेको काममाथि टिप्पणी गरेका हुन् ।
उनले प्रतिनिधिसभा बैठकमा एकजना सांसदले सरकार कसरी चलाउनुपर्छ हामी देखाउँछौं भनेको स्मरण गर्दै व्यंग गरेका छन् ।
‘सदनमा एकजना माननीयले भन्नु भा’ थ्यो-सरकार कसरी चलाउनु पर्छ,हामी देखाउने छौं। ठिकै भन्नु भा’ रैछ। भूमि आयोग खारेजी,जयसिंह थामी बेपत्ता,१४ सय सड़क आयोजना रद्द,कालो धन सेतो पार्ने प्रपन्च,न्यायाधीशलाई मन्त्री उपहार,अनि मोतीपुर गोली काण्ड! सय दिनमै यति देखेपछि पछि बांकी के नै रह्यो र?’ उनले लेखेका छन् ।
सदनमा एकजना माननीयले भन्नु भा’ थ्यो-सरकार कसरी चलाउनु पर्छ,हामी देखाउने छौं। ठिकै भन्नु भा’ रैछ।भूमि आयोग खारेजी,जयसिंह थामी बेपत्ता,१४ सय सड़क आयोजना रद्द,कालो धन सेतो पार्ने प्रपन्च,न्यायाधीशलाई मन्त्री उपहार,अनि मोतीपुर गोली काण्ड! सय दिनमै यति देखेपछि पछि बांकी के नै रह्यो र?
— Pradeep Gyawali (@PradeepgyawaliK) October 12, 2021