देउवालाई पार्टीको भन्दा मन्त्रीको चिन्ता- ओझेलमा पर्यो काँग्रेस महाधिवेशन-Sutra News

देउवालाई पार्टीको भन्दा मन्त्रीको चिन्ता- ओझेलमा पर्यो काँग्रेस महाधिवेशन

मंगलबार, २६ असोज २०७८

मंगलबार, २६ असोज २०७८

नेपाली काँग्रेसले सत्ताको नेतृत्व लिएपछि काँग्रेसको १४ औं महाधिवेशन ओझेलमा परेको छ ।



सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा व्यस्त हुँदै गएपछि काँग्रेसको निर्धारित महाधिवेशन ओझेलमा परेको छ ।

  देउवाले सत्ताको किचलो र मन्त्रिपरिषद् विस्तारमा समय लागेपछि पार्टीका काममा समय दिन सकेका छैनन् ।

कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा देउवा पार्टीका काममा भन्दा सरकार र गठबन्धनका काममा अल्झँदै आएको खबर राजधानी दैनिकमा छापिएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट