राष्ट्रपति भण्डारीले किन गरिन् आफ्नो सचिवालय हेरफेर-Sutra News

राष्ट्रपति भण्डारीले किन गरिन् आफ्नो सचिवालय हेरफेर

मंगलबार, २६ असोज २०७८

मंगलबार, २६ असोज २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सचिवालय हेरफेर गरेकी छन् । नौ महिना पहिला नै अवकाश लिएका राष्ट्रपतिका सुरक्षा सल्लाहकार नेत्रबहादुर थापालाई उनले पुनः नियुक्ति गरेकी हुन् ।



त्यस्तै नौ महिना पहिला हटाइएका भाषा तथा संस्कृतिविद माधव शर्मालाई पनि पुनः नियुक्ति गरिएको छ ।

उपसचिव हिरामणि आचार्यलाई भने बिदाइ गरिएको स्रोतले जनायो । त्यस्तै राष्ट्रपतिको स्वकीय सचिवालयकी दीपा शर्मालाई पनि हटाएर उनको ठाउँमा कसैलाई ल्याउने तयारी रहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएपछि राष्ट्रपति कार्यालयले आफ्नो सचिवालय हेरफेर गर्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट