साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले २-० को अग्रता लिएको छ । भारतले एक मिनेटका फरकमा २ गोल गरेको हो ।
भारतका लागि सुनिल क्षेत्रीले पहिलो गोल गरे । उनले खेलको ४९औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै अर्को गोल सुरेश सिंहले ५०औं मिनेटमा गरेका थिए ।
खेलको पहिलो हाफमा दुवै टिम बराबरीमा रोकिएका थिए ।