साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । आज भएको फाइनल खेलमा नेपाललाई ३-० ले हराउंदै भारतले उपाधि जितेको हो ।
पहिलो हाफको गोलरहित बराबरीपछि भारतले एक मिनेटको अन्तरमा दुई गोल गरेको थियो ।
भारतका लागि पहिलो गोल सुनिल क्षेत्रीले ४९ औं मिनेटमा गरे । अर्का खेलाडी सुरेश सिंहले ५० औं मिनेटमा दोस्रो गोल थपे र खेलको ९० औं मिनेटमा सब्टिच्युट साह अल्दुलले तेस्रो गोल गरेका थिए ।
भारतको यो आठौं साफ च्याम्पियनसिपको उपाधि हो ।