सुडान संकटः सेनालाई कु गर्न दुरुत्साहन गर्दै हजारौं मानिस सडकमा उत्रिए -Sutra News

सुडान संकटः सेनालाई कु गर्न दुरुत्साहन गर्दै हजारौं मानिस सडकमा उत्रिए 

आइतबार, ३१ असोज २०७८

आइतबार, ३१ असोज २०७८

खार्तुम – सुडानमा विपक्षीहरुले त्यहाँको सेनालाई कु गर्न दुरुत्साहन गर्दै सडकमा उत्रिएका छन् । सुडानमा राजनीतिक संकट बढिरहेका बेला हजारौं प्रदर्शनकारीले राष्ट्रपति भवनबाहिर भेला भएर सैन्य कुको आह्वान गरेका हुन् । 



सन् २०१९ मा राष्ट्रपति ओमार अल बसिरको सत्ता ढलेपछि सुडानमा नागरिक समूह र सेनाले सत्ता साझेधार गर्दै आएका छन् ।
 
यही सेप्टेम्बरमा बसिरका समर्थकहरुले असफल सत्तापलटको प्रयास गरेपछि तनाब चर्किएको छ ।  सेनाका नेताहरुले बसिरविरोधी प्रदर्शनको नेतृत्व गरेको नागरिक गठबन्धन समूह फोर्सेस अफ फ्रिडम एन्ड चेन्ज (एफएफसी) मा सुधारको माग गरेका छन् । फोर्स संक्रमणकालिन सरकारको साझेधारसमेत हो । 

सेनाले पनि क्याबिनेटमा परिवर्तन गर्नुपर्ने माग गरेको छ । तर, नागरिक नेताहरुले सेनाले कु को षडयन्त्र गरेको आरोप लगाउँदै आएका छन् । 

शनिबार सेनाका समर्थकहरुले सरकार अपदस्थ गर्न त्यहाँका सेना प्रमुख जनरल अब्देल फताह अल बुरहानलाई आह्वान गरेका थिए । ‘हामीलाई सैन्य सरकार चाहिन्छ । वर्तमान सरकारले न्याय र समानता प्रदान गर्न बिफल भयो ।’ एक प्रदर्शनकारीले भने । 

शनिबार यसअघिका भएका प्रदर्शनमा जस्तो राष्ट्रपतिको गेटमा सुरक्षा व्यवस्था कडा गरिएको थिएन । प्रदर्शनकारी नियन्त्रण गर्न सुरक्षाकर्मीको पनि खासै उपस्थिति देखिदैनथ्यों । 

यसैबीच, सरकारका समर्थकले पनि बिहीबार प्रदर्शन गर्ने भएका छन् । शुक्रबार मात्र सुडानका नागरिक प्रधानमन्त्री अब्दुल्लाह ह्यामडकले देशको खराब र खतरनाक राजनीतिक संकटसँग जुध्न एउटा योजना सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट