भारतवर्षका प्राचीन ग्रन्थहरूमा आजभन्दा लगभग १० हजार वर्षपहिले विमानहरूको चर्चा गरिएको पाइन्छ । रामायणमा रावणको पुष्पक विमान एउटा उदाहरण भयो ।
सैनिक क्षमता भएका विमानको प्रयोग, विमानहरूको भिडन्त तथा विमान अदृश्य हुने र एउटा विमानले अर्कोलाई लखेट्ने कुराहरू पुराणमा वर्णन गरिएका पाइन्छन् ।
प्राचीन विमान दुई किसिमका थिए : मानव निर्मित विमान जुन आधुनिक विमान जस्तै पंखको सहायतामा उड्थे अनि आश्चर्यजनक विमान जुन एलियनको यूएफओ जस्ता देखिन्थे ।
ऋग्वेदमा कम्तीमा पनि २०० चोटि विमानहरूको चर्चा भेटिन्छ । तिनमा तीनतल्ले, त्रिभुज आकारको तथा तीनवटा चक्का भएको विमान अश्विनीकुमार अर्थात् देववैज्ञानिकहरूले बनाएको उल्लेख छ । त्यस्ता विमानमा साधारणतया तीन यात्री चढ्न सक्थे ।
विमान निर्माणका लागि सुन, चाँदी र फलाम प्रयोग गरिन्थे र तिनीहरूको दुवैतिर पंख हुन्थे । वेदमा विमानका आकारप्रकार उल्लेखित छन् । अग्निहोत्र विमानका दुई इन्जिन अनि हस्ती विमानमा दुईभन्दा बढी इन्जिन हुन्थे । विशाल पंक्षीजस्तो देखिने विमान पनि थिए ।
यजुर्वेदमा पनि अर्को विमान र त्यसको सञ्चालन प्रक्रियाको उल्लेख पाइन्छ । त्यो विमान पनि अश्विनीकुमारले गरेका हुन् । विमानको प्रयोग गरेर उनीहरूले राजा भुज्युलाई समुद्रमा डुब्नबाट बचाएका थिए ।
सन् १८७५ मा भारतको एक मन्दिरमा विमानिका शास्त्र भेटिएको थियो । यो ग्रन्थ इसापूर्व ४०० मा रचिएको मानिएको छ र यसलाई ऋषि भारद्वाजले रचेको मानिन्छ । यसको अनुवाद अंग्रेजी भाषामा भइसकेको छ ।
यो ग्रन्थमा पूर्ववर्ती ९७ विमानाचार्यहरू तथा २० वटा कृतिको वर्णन पाइन्छ । ती कृतिमा विमानका आकारप्रकारको विस्तृत जानकारी पाइन्छ । यी अमूल्य कृतिहरू नष्ट भइसकेका छन् ।
कृतिमा विमान सञ्चालनको बारेमा जानकारी, उडानको समयमा सुरक्षाको जानकारी, तुफान र बिजुलीको आघातबाट विमानको सुरक्षा उपाय, सौर्य ऊर्जाको प्रयोग लगायतका विषयमा त्यसमा अटाएका छन् ।
कथासरित्सागर र कौटिल्यको अर्थशास्त्रमा पनि विमानका विषयमा उल्लेख पाइन्छ ।
त्यसैले रामायणमा रावणको पुष्पक विमानको चर्चा कोरा कल्पना होइन । रावणले प्राचीन ग्रन्थहरूको अध्ययनबाट विमान बनाउन सिकेको हुनुपर्छ ।