निरन्तर आएको बाढीले लियो २६ जनाको ज्यान-Sutra News

निरन्तर आएको बाढीले लियो २६ जनाको ज्यान

सोमबार, १ कार्तिक २०७८

सोमबार, १ कार्तिक २०७८

भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि निरन्तर रुपमा भएको बर्षा र यसका कारण आएको बाढीमा परी कम्तीमा पनि २६ जनाको ज्यान गएको बताइएको छ ।



बाढीको कारण ज्यान गुमाएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका जनाइएको छ । साथै यस बाढीमा परेर अरु एक दर्जनभन्दा बढी मानिस हराइरहेका छन् । बाढीका कारण यहाँको बाटो र बिजुली पनि अवरुद्ध भएको छ ।

यस कारण यहाँको उद्धारको काम गर्न निकै कठिन भएको बताइएको छ । हराइरहेका केही व्यक्तिको शव आइतबार साँझ भेटिएको थियो । केरला राज्यका अधिकारीहरुले आइतबार साँझसम्म यहाँ मृत्यु हुनेको संख्या २६ पुगेको बताएका छन् ।

यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बाढीमा परेर मृत्यु भएका र हराएकामध्ये अधिकांश सो जिल्लाका रहेका छन् । सोमबार बिहानसम्म पनि यहाँ बर्षा जारी रहेको छ । बाढीका कारण कतिपय स्थानीय सडकहरु पनि अवरुद्ध भएका छन् ।मौसम विज्ञान विभागका अधिकारीहरुले सोमबार पनि बर्षा कायमै रहने बताएका छन् ।

बर्षाका कारण अहिले पनि कतिपय स्थानको आवागमन बन्द रहेको बताइएको छ । यसकारण उद्धारको काममा पनि कठिनाई भएको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट