दश मिनेटकै अन्तरमा सिन्धुपाल्चोकमा दुई भूकम्प-Sutra News

दश मिनेटकै अन्तरमा सिन्धुपाल्चोकमा दुई भूकम्प

सोमबार, १ कार्तिक २०७८

सोमबार, १ कार्तिक २०७८

सिन्धुपाल्चोकमा केहि समयको अन्तरमा दुई पटक भूकम्प गएको छ । सिन्धुपाल्चोकको पाङथुङलाई केन्द्र बनाएर सोमबार दिउँसो भूकम्प गएको हो।



१० सेकेन्डको अन्तरालमा उक्त क्षेत्रमा दुई पटक भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पाङथुङलाई केन्द्र बनाएर १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेटमा ४.७ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यसअघि आइतबार बिहान गोरखा केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट