थप ५९१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु-Sutra News

थप ५९१ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

सोमबार, १ कार्तिक २०७८

सोमबार, १ कार्तिक २०७८

काठमाडौँ – नेपालमा सोमबार थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६ सय ५४ पिसिआर परीक्षणका क्रममा ५ सय २३ जना र २ हजार ४३ एन्टीजेन परिक्षणका क्रममा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । त्यस्तै थप ९ सय ६७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८२ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन् । हाल ११ हजार ८ सय ७४ सक्रिय संक्रमित आइशोलेशनमा र २२९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट