दक्षिण कोरिया र अमेरिका तर्साउने गरी उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण-Sutra News

दक्षिण कोरिया र अमेरिका तर्साउने गरी उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण

मंगलबार, २ कार्तिक २०७८

मंगलबार, २ कार्तिक २०७८

उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र ‘मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाले बताएको छ ।



समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको बताइएको हो ।

यस समाचारलाई विश्वका समाचार समितिहरुले पनि सम्प्रेषण गरेका छन् । दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै दिइएको सो समाचारमा उत्तर कोरियाले फेरि पनि क्षेप्यास्त्र हानेको जनाइएको छ ।

दक्षिण कोरियाली सेनाका प्रमुखले भनेका छन् कि उत्तर कोरियाले सो क्षेप्यास्त्र हानेको छ र उक्त क्षेप्यास्त्र पूर्वी समुद्रको पानीमा खसेको अनुमान गरिएको छ ।

सो क्षेप्यास्त्र समुद्रको पानीमा खसेको र दक्षिण कोरियाको पूर्वी सामुद्रिक तटमा सो क्षेप्यास्त्र खसेको अनुमान गरिएको छ ।

तर पनि अहिले नै सो ब्यालेस्टिक क्षेप्यास्त्र कति टाढासम्म मार हान्न सक्ने क्षमताको हो भन्ने बारेमा भने केही बताइएको छैन । यस क्षेप्यास्त्र परीक्षणको बारेमा उत्तर कोरियाले भने प्रारम्भिक रुपमा कुनै जानकारी दिएको छैन ।

कोरियाले त्यो के कस्तो हो र यसको शक्ति कति हो भन्ने बारेमा उसले कुनै पुष्टि गरेको थिएन ।उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ ।

केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको बताइएको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको जापानले जनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट