प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक-Sutra News

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक

बुधबार, ३ कार्तिक २०७८

बुधबार, ३ कार्तिक २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।  लगातारको वर्षापछि आएको बाढी र पहिरोले पु¥याएको क्षतिबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 



देउवाको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने छ । 

अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयबाट आज बिहानसम्मको प्राप्त विवरणअनुसार अन्य ४३ जना बेपत्ता भएका छन् ।

विपद्मा परेर २२ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख हुमकला पाण्डेले जानकारी दिइन् । सम्पर्कविहीन व्यक्तिको सङ्ख्या धेरै रहेकाले मृत्यु अझै बढ्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट