कोसी ब्यारेजमा खतराको रातो बत्ती-Sutra News

कोसी ब्यारेजमा खतराको रातो बत्ती

बुधबार, ३ कार्तिक २०७८

बुधबार, ३ कार्तिक २०७८

अविरल वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजमा खतराको संकेत दिने रातो बत्ती बालिएको छ । लगातारको वर्षापछि सप्तकोसीमा पानीको बहाव बढेपछि खतराको रोतो बत्ती बालिएको हो ।



कन्ट्रोल टावरका अनुसार हाल सप्तकोसी नदीमा पानीको बहाव २ लाख ७१ हजार ७२० क्युसेक मापन गरिएको छ ।

पानीको बहाव डेढ लाख क्युसेक भएसँग खतराको रातो बत्ती आफैं बल्छ।

त्यस्तै सप्तकोसीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले तटीय तथा आसपासका क्षेत्रमा सर्तकता अपनाउन सूचना जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट