काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर मुलुकका विभिन्न जिल्लामा ४८ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयबाट प्राप्त बुधबार मध्यान्ह १२ बजेसम्मको विवरणअनुसार अन्य ३१ जना बेपत्ता भएका छन् । विपद्मा परेर २३ जना घाइते भएका मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले जनाएको छ ।