ओलीको अभिव्यक्तिले मध्यमार्गी नेताहरु आक्रोशित- स्थायी कमिटी बैठकमा प्रतिवाद गर्ने तयारी-Sutra News

ओलीको अभिव्यक्तिले मध्यमार्गी नेताहरु आक्रोशित- स्थायी कमिटी बैठकमा प्रतिवाद गर्ने तयारी

बिहिबार, ४ कार्तिक २०७८

बिहिबार, ४ कार्तिक २०७८

काठमाडौँ । नेकपा एमालेमा १० बुँदेको विषयलाई लिएर असन्तुष्टि पैदा हुन थालेको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबारको बैठकमा १० बुँदेको विषयमा टिप्पणी गरेपछि तेस्रो धार मानिने नेताहरुले असन्तुष्टि व्यक्त गर्न थालेका हुन् ।



बुधबार एक कार्यक्रममा ओलीले भनेका थिए, यो १० बुँदे । केके जाति एकतारे बजाएर भजमन गोविन्दम् गरिरहन आवश्यक छैन । १० बुँदे १० बुँदे, १० बुँदे, १० बुँदे ….। यो पनि धेरै रेटिरहन आवश्यक छैन । मिलेर, एकताबद्ध भएर अगाडि बढौं न खुरुक्क ! अब कति बजाउने १० बुँदे ट्याङट्याङ …? माधव आउँछन् कि भनेर १० बुँदे गरेको ।’

रावलले १० बुँदे सहमति ‘एकतारे’ नभई पार्टी एकता बचाएर देशहितको लागि बजाइएको ११ तारे विगुल भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१० बुँदे सहमति ‘एकतारे’ होइन पार्टी एकता बचाएर देशहितका लागि बजाइएको ११ तारे विगुल हो। यसको धुन संस्थागत भइसकेको छ। सबैले ठण्डा दिमागले सुन्नु स्वास्थका लागि लाभदायक छ ।’

एमालेका मध्यमार्गी नेताहरुले आजको स्थायी कमिटी बैठकमा यस विषयमा कुरा उठाउने भएका छन् । ओलीको अभिव्यक्तिले नेताहरुमा प्रभाव पारेपछि सो विषयमा आजको बैठकमा कुरा उठाउने तयारी गरिरहेको एक नेताले जानकारी दिए ।

पछिल्लो समय १० बुँदेको विषयलाई लिएर तेस्रो धारका नेताहरु ओलीसँग सन्तुष्ट छैनन् । एमालेमा थप विद्रोहको सम्भावना देखिएको विश्लेषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट