मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै, पाउने सम्भावना कम- यस्तो छ अंकगणित-Sutra News

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिँदै, पाउने सम्भावना कम- यस्तो छ अंकगणित

बिहिबार, ४ कार्तिक २०७८

बिहिबार, ४ कार्तिक २०७८

काठमाडौँ । मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा पछि बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिने भएकी छन् । मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गएको असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गरेकी थिइन् ।



मुख्यमन्त्री शाक्यले गएको भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी थिइन् ।

हाल बागमती प्रदेशमा सभामुखसहित १०९ सांसद छन् । प्रदेशसभामा अहिले एमालेका ४३ सांसद छन् । शाक्यलाई सरकार टिकाउन ५५ मत आवश्यक पर्छ ।

अहिले विपक्षी गठबन्धन अन्तर्गत माओवादी केन्द्रसँग २३, नेपाली कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी) सँग १३ र जनता समाजवादीसँग १ गरी ५९ सांसद छन् ।

विपक्षी गठबन्धनमा मत धेरै भएका कारण मुख्यमन्त्री शाक्यले विश्वासको मत पाउन गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट