शाहरुख खान दोहोरो तनावमा- छोरा जेलमा, घरमा एनसीबीले मार्यो छापा-Sutra News

शाहरुख खान दोहोरो तनावमा- छोरा जेलमा, घरमा एनसीबीले मार्यो छापा

बिहिबार, ४ कार्तिक २०७८

बिहिबार, ४ कार्तिक २०७८

नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले बिहीबार बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको छ ।



भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुख खान आफ्नो घरमै छन्। लागूऔषध मुद्दामा जमानत माग खारेजपछि शाहरुख छोरा आर्यनलाई भेट्न मुम्बईको आर्थर रोड जेल पुगेका थिए ।

आर्यन खानलाई एनसीबीले २ अक्टोबरमा पक्राउ गरेको थियो । मुम्बईबाट गोवा जाँदै गरेको क्रुज शिपमा हुने ड्रग्स पार्टीमा आर्यन खान समावेश हुँदै थिए ।

यसअघि क्रुज शिपमा एनसीबीले आर्यन खान, अरबाज मर्चेन्ट, मुनमुन धमेचासमेत ८ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट