काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहीबार शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । बिहीबार अघिल्लो कारोबार दिनको तुलनामा १४ दशमलव ७० अर्थात् शून्य दशमलव ५७ प्रतिशत घटेको छ ।
बिहीबार कारोबारमा आएका २१६ ओटा धितोपत्रको ६१ लाख ६ हजार ४५२ कित्ता शेयरको ३६ हजार ७६२ पटकमा रू. २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ बरावरको शेयर खरीदविक्री भएको हो ।
आज सर्वाधिक शेयर खरीदविक्री सानिमा बैंकको भएको छ । बैंकको रू. २७ करोड १२ लाख ९७ हजार बराबरको शेयर खरीदविक्री भएको हो । सबैभन्दा बढी व्यापार समूहको परिसूचक २ दशमलव १९ प्रतिशत घटेको छ ।