काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा दिउँसो २ बजे बस्नेछ ।
हिजोको बैठकले १० औं महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ ।
बिहीबार ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म चितवनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । समितिमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, बिष्णु रिमाल, काशिनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल र पार्वती रावल रहेका छन् ।
समितिमा ७ वटै प्रदेश र सम्पर्क समन्वय कमिटीबाट एक÷एक जना प्रतिनिधि रहने ज्ञवालीले जानकारी दिए । बैठकले हालै सम्पन्न बिधान महाविधेशनको समिक्षा गर्दै भव्य र ऐतिहासिक रहेको निष्कर्ष निकालेको उनले बताए ।