काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्दामा आज पनि सुनुवाइ हुन सकेको छैन । उनको मुद्दामाथि आज शुक्रबार पेसी तोकिएको भएपनि आज सुनुवाइ नभएको हो ।
विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत गरेको सम्बन्धी मुद्दाका सम्बन्धमा हिरासतमा रहेका आलमले जमानतमा रिहाइका लागि माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।
शुक्रबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनको सुनुवाइ हुने गरी पेसी तोकिएको थियो ।
उनको मुद्दामाथिको सुनुवाइ पटकपटक स्थगित हुँदै आएको छ ।