प्रहरीलाई गृहमन्त्रीको निर्देशन- कसैले कसैलाई तँ नभन्नु-Sutra News

प्रहरीलाई गृहमन्त्रीको निर्देशन- कसैले कसैलाई तँ नभन्नु

शुक्रबार, ५ कार्तिक २०७८

शुक्रबार, ५ कार्तिक २०७८

गृहमन्त्री बालकृष्ण खाँणले सुरक्षा निकायका कुनै पनि कर्मचारीहरुलाई तँ नभन्न निर्देशन दिएका छन् । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुलाई बोलीचालीको भाषामा ‘तँ’ शब्दको प्रयाेग नगर्न निर्देशन दिएका हुन् ।



संगठनमा बोलचालमा माथिल्ला पदमा भएका तल्लो पदमा भएकाले ‘तँ’ भनेको सुनि एको उल्लेख गर्दै उनले जनसुकै तहका कर्मचारीलाई बोलाउँदा पनि ‘सम्मानार्थी’ शव्द प्रयोग निर्देशन दिएका हुन् ।

मन्त्रीले निर्देशन दिने कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका एआइजीपी विश्वराज पोखरेल, गृह मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव सुनिल खनालको सहभागिता रहेको थियो ।

गृहमन्त्रीको सचिवालयका अनुसार खाँणले मुस्कानसहितको सेवा सञ्चालन गरिरहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले अब सम्मानसहितको सेवा सञ्चालन गर्नुपर्ने निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट