को हुन् एनआरएनएको सचिव पदका उम्मेदवार सिम्खडा ?-Sutra News

को हुन् एनआरएनएको सचिव पदका उम्मेदवार सिम्खडा ?

शुक्रबार, ५ कार्तिक २०७८

शुक्रबार, ५ कार्तिक २०७८

गैर आवासीय संघको ठूलो राष्ट्रिय समन्वय परिषदमध्यको एक र प्रवासी नेपालीहरुको बाक्लो बसोबास रहेको बेलायतमा बसोबास गरी रहेका रामशरण सिम्खडा यसै वर्ष अक्टोबरमा हुने गैर आवासीय नेपाली संघको दशौँ अधिवेशनमा सचिव पदको प्रत्याशीको रूपमा अगाडी बढेका छन ।



वर्तमान अन्तरराष्ट्रिय समन्वय समिति सदस्य तथा विधान संशोधन समितिको सहसंयोजक रहेका सिम्खडा सचिव पदका लागि सात ”स” सहितका एजेण्डा लिएर अघि बढेका हुन् ।

धादिङमा जन्मिएर बेलायतमा बसोबास गर्दै आएका सक्रिय सामाजिक अभियन्ता रामशरण सिम्खडा एनआरएन युकेका संस्थापन सदस्य हुन् । १२ वर्ष लामो अन्तराष्ट्रिय दातृसंस्थासँग काम गरेका उनले २७ सयभन्दा बढी संघसंस्था आबद्ध रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, बिभिन्न परोपकारी संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् ।

एनआरएनए बेलायतमा दुई कार्यकाल आइसीसी सदस्य, विधान संशोधन समितिमा तीन पटक सदस्य र संघको परोपकार समितिमा सदस्य सचिव रहेर आफ्नो जिम्मेवारी पुरा गरेका सिम्खडा सन् २०११ को एनआरएनए युकेको महासचिव समेत हुन् ।

सामाजिक जिम्मेवारीका काममा निकै सक्रिय रहने सिम्खडाले आगामी कार्यकालका लागि सचिव पदको जिम्मेवारी पाउने विश्वास राखेका छन् ।

सात ‘स’को एजेण्डा लिएर आफू सचिव पदको उम्मेदवार बनेको उनको दाबी छ । उनले आफूले जिम्मेवारी पाएमा साझा, सक्षम र सबल, शुल्क रहित, स्मार्ट, सीप, ज्ञान, नवप्रबर्धन र दिगो, साझेदार र सहकार्य, सबैको पहुँच, उत्तरदायी र पारदर्शी साझा एनआरएनए बनाउन पहल गर्ने बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट