काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धुलिखेलमा रहेको जिपलाइनको मजा लिएका छन् ।
अध्यक्ष प्रचण्ड नाति नातिनीसहित धुलिखेल पुगेर जिपलाइनको अनुभव गरेका हुन् । उनले त्यहाँ कुरा गर्दै आफूलाई यस्तो साहसिक खेल एकदमै मन पर्ने बताएका छन् ।
धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सीमानामा पर्ने खावामा ‘वर्ल्डवाइड एड्भेञ्चर प्रालि’को सञ्चालनमा सो व्यवसाय सुरू भएको थियो ।