मुख्यमन्त्री भीम आचार्यले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव-Sutra News

मुख्यमन्त्री भीम आचार्यले पेस गरे विश्वासको मतसम्बन्धी प्रस्ताव

शुक्रबार, ५ कार्तिक २०७८

शुक्रबार, ५ कार्तिक २०७८

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् ।



आज शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरे पनि आइतबारमात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ ।

विपक्षी गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

मुख्यमन्त्रीको दल वा सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट