जनकपुरमा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप-Sutra News

जनकपुरमा प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

शुक्रबार, ५ कार्तिक २०७८

शुक्रबार, ५ कार्तिक २०७८

 काठमाडौँ ।  सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि शुक्रबार दिउँसो झडप भएको हो ।



बिहीबार खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश कुश्वाहामाथि दुव्र्यवहार भएको थियो ।

सो दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाहीको माग राख्दै नेपाल इन्जिनियर्स एसोसियनको अगुवाइमा विभिन्न पेशागत संघसंस्थाहरू ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्या गएको समयमा झडप परेको हो ।

प्रहरीले केही कार्यकर्ताहरुलाई लाठी चार्ज गरेको थियो । सोही क्रममा झडपले ठुलो स्थिति लिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट