काठमाडौँ । नेकपा एमालेमा १० बुँदे कार्यान्वयनको विषयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले चासो नदिएपछि फेरी विवाद सुरु हुन थालेको छ । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएपछि एमालेभित्रको विवाद चर्किएको हो ।
पार्टी बैठकको एजेन्डा समेत १० बुँदे सहमति नबनेको र सार्वजनिक कार्यक्रममै अध्यक्ष ओलीले सो सहमति ‘अर्थहीन’ भएको टिप्पणी गरेपछि पार्टीभित्र नेताहरुले असन्तुष्ट व्यक्त गर्न थालेका छन् ।
गत बिहीबार र शुक्रबार एमाले स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसे पनि विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफलको एजेन्डा नै बन्न सकेन ।
मध्यमार्गी नेताले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका छन् ।
यस्तै उपाध्यक्ष भीम रावलले कार्यदलको संयोजकबाट राजीनामा दिएपछि अहिले एमालेको राजनीति अर्कै मूडमा पुग्ने पक्का देखिएको छ ।