सरकारविरुद्ध इन्जिनियर्स एसोसिएसनको आन्दोलन जारी, यस्तो छ माग-Sutra News

सरकारविरुद्ध इन्जिनियर्स एसोसिएसनको आन्दोलन जारी, यस्तो छ माग

शनिबार, ६ कार्तिक २०७८

शनिबार, ६ कार्तिक २०७८

इन्जिनियर पेशामाथिको दमन बन्द गर्न नेशनल इन्जिनियर्स एसोसिएसन नेपालले माग गरेको छ ।



शनिबार माइतिघर मण्डलामा प्रर्शन गर्दै एसोसिएसनले इन्जिनियरमाथि हुने हरेक दमनलालाई रोक्न माग गरेको हो । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालय प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेको भन्दै उनीहरुले प्रर्दशन गरेका हुन ।

उनीहरूले कुशवाहालाई कालोमोसो दलेर नाङ्गै जनकपुरधाम परिक्रमा गराउने कार्य गलत मात्रै नभएर अमानविय भएको बताए ।

विरोध प्रदर्शनमा नेशनल इन्जिनियर्स एसोसिएसन नेपाल प्रदेश दुईका अध्यक्ष तेजनारायण यादवले प्रदेश २ मा त्रास फैलिएको भन्दै के नेपालमा सिके राउत राज चलनेको हो त ? भन्दै प्रश्न समेत गर्नुभयो । कुशवाहालाई यदि राज्यले न्याय नदिएआफुहरुले आन्दोलन चर्काउने उहाँले चेतावनी दिनुभयो । 

राउतका कार्यकर्ताले जनकपुरधामको ढल व्यवस्थापन र सरसफाईको व्यवस्थापनमा चासो नदेखाएको भन्दै खानेपानी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरि कालोमोसो दलेर नगर परिक्रमा गराएका थिए । प्रदर्शनकारीहरुले इज्निनियरहरुमाथि दमन गर्न पाइदैन, पीडितलाई न्याय दे लगायतका नारा लगाएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट