काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा रहेका मध्यमार्गी नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले हेपेको बताएका छन् ।
शनिबार सिन्धुपाल्चोकमा आयोजना गरिएको एक कार्यक्रमा उनले मध्यमार्गी नेताहरुले ओलीको आदेश मान्दै बसेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने ‘आदेशको पालना गर्यो भने स्यावास, उ बस्न आदेशको पालना गरेन भने कति ट्याउँ-ट्याउँ गरेको १० बुँदेको भनेर सुन्नुपर्छ । सुन्नु भएको छैन्, १० बुँदेको ट्याउँ-ट्याउँ । अब १० बुदेँ भन्ने साथीहरुको कस्तो हरिबिजोग।’
उनले आफ्नो पार्टीमा महत्वपूर्ण व्यक्तिहरु रहेको भन्दै जनताहरुका माझ आफूहरु रहेको भन्दै ढुक्क रहन आग्रहसमेत गरे ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुंदेलाई कार्यान्वयन गर्न नसक्दा अहिले एमालेमा थप विवाद उत्पन्न भएको छ ।
उपाध्यक्ष भीम रावलले १० बुँदेलाई ओलीले अटेर गरेको भन्दै कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् ।