प्रदेश १ मा ढल्दै एमालेको सरकार, एकीकृत समाजवादीको हातमा सत्ताको चाबी जाँदै-Sutra News

प्रदेश १ मा ढल्दै एमालेको सरकार, एकीकृत समाजवादीको हातमा सत्ताको चाबी जाँदै

आइतबार, ७ कार्तिक २०७८

आइतबार, ७ कार्तिक २०७८

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने भएका छन् । केही दिन अगाडी बसेको प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव अगाडी सारेका थिए ।



सरकारमा रहेको दल विभाजन भएको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुरुप उनले विश्वासको मत लिन लागेका हुन् ।

शेरधन राईले राजीनामा दिएपछि आचार्य १० भदौमा मुख्यमन्त्री बनेका थिए। एमाले विभाजन भएर १० सांसद एकीकृत समाजवादीतिर लागेपछि उनी अल्पमतमा परेका हुन् ।

प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन्। एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै हुन्छ । बहुमत नभएकाले उनले विश्वासको मत पाउने सम्भावना कम छ ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद छन् ।

सत्तारुढ गठबन्धन दलले प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) लाई प्रदेश सरकारको मुख्यमन्त्री बनाउने प्रस्ताव अगाडी सारेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट