काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच भेटवार्ता भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधानन्यायाधीशसँग केहीबेर अगाडीबाट छलफल गरिरहेको छ ।
उनीहरुबीच आज अदालतको कामकारबाहीको विषयलाई लिएर समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।
न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले दिएको सुझावअनुसार गोलाप्रथाबाट पेसी तोक्ने र भविष्यमा स्वचालित पेसी प्रणालीको कार्यान्वयनको प्रतिबद्धताका लागि अल्टिमेटम दिएको थियो ।
त्यसलाई कार्यान्वयन गर्न सर्वोच्च बाराले चेतावनी दिएको छ ।
पछिल्लो समय प्रधानन्यायाधीश विवादमा तानिएका छन् । मन्तिपरिषद विस्तारमा भाग खोजेको भन्दै उनी विवादमा तानिएका हुन् ।
त्यस्तै पूर्वन्यायाधीशहरुले प्रधानन्यायाधीशले निकास खोज्नुपर्ने बताएका छन् ।