छोरीको घर हिँडेका थिए भुवनसिं खड्का, खोलाले बगाएर बाटोमै संसार छाडे  -Sutra News

छोरीको घर हिँडेका थिए भुवनसिं खड्का, खोलाले बगाएर बाटोमै संसार छाडे  

आइतबार, ७ कार्तिक २०७८

आइतबार, ७ कार्तिक २०७८

धनकुटाको चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा चौबीसे गाउँपालिका-५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्का रहेको प्रहरीले जनाएको छ।



आइतबार बिहान खोला गर्नेक्रममा खड्कालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दिपककुमार रायले जानकारी दिए ।

छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले बगाएर नजिक रहेको तमोर नदीमा पुर्‍याएको थियो। उनलाई स्थानीयबासीले उद्धार गर्दा मृत अवस्थामा फेला पारेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट