पल र म बीचमा कुनै प्रकारको अनैतिक सम्बन्ध छैन- समिक्षा अधिकारी-Sutra News

पल र म बीचमा कुनै प्रकारको अनैतिक सम्बन्ध छैन- समिक्षा अधिकारी

आइतबार, ७ कार्तिक २०७८

आइतबार, ७ कार्तिक २०७८

काठमाडौं- गायिका समिक्षा अधिकारीले नायक पल शाहसंग अरुले सोंचेजस्तो कुनै पनि सम्बन्ध नरहेको बताएकी छन् । ‘हामीबीचमा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेको छौँ र हजुरहरूको माया रहेसम्म सधैँ राम्रो काम गरिरहने छौँ’, समिक्षाले अगाडि भनेकी छन् ।



उनले एउटै इन्डस्ट्रीमा भएको हिसाबले नायक पल शाहले आफूलाई अभिभावकको रूपमा माया र संरक्षण गर्ने गरेको दाबी गरेकी छन् । आफू पल शाहको सदैव फ्यान रहेको पनि उनले उल्लेख गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्टीकरण दिँदै गायिका अधिकारीले आफूहरूको नाम जोडेर सार्वजनिक भएका समाचारहकरू कपोलकल्पित र भ्रामक रहेको बताएकी छन् ।

यस्तो छ स्पष्टीकरण:

नमस्कार
मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो चरित्र हत्या भएको छ। यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु।

बिना स्रोत अफबाह मा लेखिएका यी समाचार ले हामिलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। र हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन ।

म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचार हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला।
सबैलाई धेरै धेरै माया धन्यबाद।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट