काठमाडौँ । प्रदेश १ को प्रदेश सभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।
प्रदेश सभा सचिवालयले आइतबार दिउँसो सूचना टाँस गर्दै अर्को बैठक कात्तिक १५ गते बस्ने जानकारी दिएको छ ।
आज बस्ने बैठकको कार्यसूचीमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यक्रम रहेको थियो ।
एमालेले आजको बैठक स्थगित गर्नका लागि प्रदेशसभामा निवेदनसमेत दिएको थियो ।