टी–२० विश्वकप : पाकिस्तानलाई हराउन चण्डीगढमा हवन पूजा गर्दै भारत-Sutra News

टी–२० विश्वकप : पाकिस्तानलाई हराउन चण्डीगढमा हवन पूजा गर्दै भारत

आइतबार, ७ कार्तिक २०७८

आइतबार, ७ कार्तिक २०७८

सन् २०२१ को टी–२० विश्वकप क्रिकेट यूएई र ओमानमा जारी छ। २४ अक्टोबर अर्थात आज साँझ ७ः४५ मा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान खेल्दै छन्। विश्वभरका आमनागरिक उत्सुकतासँग यो खेल पर्खिरहेका छन् । 



भारत र पाकिस्तानबीचको खेल क्रिकेट म्याच मात्र नभएर दुई देशको प्रतिष्ठाको विषय समेत बन्ने गरेको छ । यहीँ कारण समर्थकहरूले भारतीय टीमको जीतको लागि चण्डीगढमा हवन पूजा गरेका छन् । समर्थकहरूले आइतबार दिउँसो भारतीय टोलीको जीतको कामन गर्दै चण्डीगढस्थित सेक्टर–३० को शीव मन्दिरमा हवन पूजा गरेका हुन्। 

हवनमा वृद्धवृद्धासँगै बालबालिका समेत सहभागी छन् । यस क्रममा बालबालिकाहरूले हातमा भारतीय खेलाडीहरूको पोस्टर बोकेका थिए । भारतीय टोलीको जीतका लागि यो हवन गरेको स्थानीय यादवेन्द्र मेहताले बताए । उनले भारतीय टोलीको जित निश्चित रहेको दावी पनि गरे । 

भारत–पाकिस्तानबीतको खेल हेर्न विभिन्न सहरमा ठूला स्क्रिन पनि जडान गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को कुनै पनि प्रतियोगितामा भारत र पाकिस्तानबीचको खेल आकर्षणको केन्द्र बन्ने गर्छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट