प्रधानन्यायाधीशले बोलाएको ‘फुलकोर्ट’ बैठक बहिष्कार गर्ने न्यायाधीशहरुको निर्णय-Sutra News

प्रधानन्यायाधीशले बोलाएको ‘फुलकोर्ट’ बैठक बहिष्कार गर्ने न्यायाधीशहरुको निर्णय

आइतबार, ७ कार्तिक २०७८

आइतबार, ७ कार्तिक २०७८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने भएका छन् ।



आज न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेका हुन् । 

आइतबार जबराले बारका पदाधिकारीहरुको छलफलपछि फुलकोर्ट बैठक बोलाउने निर्णय गरेका थिए ।

प्रधानन्यायाधीशले मिडियामा आएका विभिन्न शंका, उपशंका, चर्चा परिचर्चा, टिप्पणी सबै विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो विषय फुलकोर्टमा राख्ने जानकारी गराएको बारका महासचिव लीलामणि पौडेलले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

 ‘हामीसँगको छलफलपछि प्रधानन्यायाधीशज्यूले सोमबार दिउँसो साढे १ बनजे फुलकोर्ट बैठक बोलाउन राजी भएका छन् । फुलकोर्टमा नेपाल बार पनि सहभागी हुन्छ,’ पौडेलले भने, ‘निष्पक्ष न्यायपालिकाको अवधारणाभन्दा बाहिर गएको छैन । जान्नँ पनि । आफूविरुद्ध उठेका सबै प्रश्न र शंका उपशंकाबारे सम्बोधन गर्छु भन्नु भएको छ ।’

मंगलबारदेखि नमुना गोलाप्रथाको प्रयोग सुरु हुने भएको छ । यसअघि सर्वोच्चले मुद्दाको पेसी तोक्दा गोलाप्रथाबाट तोक्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट