यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाहरु-Sutra News

यी हुन् विश्व इतिहासमा आज भएका प्रमुख घटनाहरु

सोमबार, ८ कार्तिक २०७८

सोमबार, ८ कार्तिक २०७८

आज अक्टोबर २५ । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वर्पूण घटनाः



सन् १९८३ मा ग्रिनडा अतिक्रमण
कुमार्फत ग्रिनडामा तत्कालिन प्रधानमन्त्री माउराइस बिसपको हत्यापछि अमेरिकाले ग्रिनडामा हमला गरेको थियो । अमेरिकी विजयसँग ग्रिनडा अतिक्रमण अन्त्य भएको थियो । 

राष्ट्रसंघमा युगान्डाको प्रवेश
सन् १९६२ को २५ अक्टोबरमा युगान्डाले राष्ट्रसंघको सदस्यता प्राप्त गरेको थियो । 

अफ्रिकी मूलका पहिलो जनरल
सन् १९४० मा अमेरिकी सेनामा पहिलो पटक अफ्रिकी मूलका अमेरिकी बेन्जामिन ओलिभर डेभिस जनरल बनेका थिए । 

जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा
सन् १७६० मा जर्ज तृतीय बेलायत र आयरल्यान्डको राजा बनेका थिए ।

ब्याटल अफ बालाक्लाभा 
क्रिमिया युद्धको समयमा सन् १८५४ मा बेलायत, फ्रान्स र अन्य अटोमन शासकहरु रसियाली शासनबिरुद्धको युद्ध ब्याटल अफ बालाक्लाभा लडेका थिए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट