नेपाल प्रहरीले काठमाडौँको सिनामंगलबाट ११ अफगानी नागरिकलाई पक्राउ गरेको छ ।
तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँबाट भागेका केही अफगानी शरणार्थीहरू अवैध रूपमा नेपाल भित्रिएको सूचना पाएपछि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूसँग वैधानिक कागजपत्र केही पनि नभएको प्रहरी स्रोतको दाबी छ । उनीहरू कहिले नेपाल आएका हुन् भन्ने पनि अहिलेसम्म यकिन भइसकेको छैन । प्रहरीले बाँकी अफगानी नागरिकको पनि खोजी भइरहेको जनाएको छ ।
पक्राउन पर्नेमध्ये एकै परिवारका ५ जना र बाँकी अलग-अलग रहेको प्रहरीले जनाएको छ । उनीहरू अवैध रूपमा सुनौली नाकाबाट आएका थिए ।