सुडानमा सैन्य कू, प्रधानमन्त्रीसहित मन्त्रीहरू सेनाको कब्जामा-Sutra News

सुडानमा सैन्य कू, प्रधानमन्त्रीसहित मन्त्रीहरू सेनाको कब्जामा

सोमबार, ८ कार्तिक २०७८

सोमबार, ८ कार्तिक २०७८

अफ्रिकी मुलुक सुडानमा सेनाले सत्ता आफ्नो हातमा लिएको छ । सोमबार बिहानै प्रधामन्त्री प्रधानमन्त्री अब्दल्लाह हामडोकलाई उनकै घरमा नजरबन्दमा राखको छ भने अन्य केही नेताहरु पक्राउ परेका छन् ।



सोमबार बिहानै उनीहरुलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

स्रोतलाई उद्धृत गरिएको समाचारमा पक्राउ पर्नेमा उद्योगमन्त्री, सूचनामन्त्री र प्रधानमन्त्रीका मिडिया सल्लाहकार रहेको उल्लेख गरिएको छ । त्यस्तै सुडानको सत्तारुढ सोभरेन काउन्सिलका प्रवक्ता मोहम्मद अल फिकी सुलिमान र सुडानको राजधानी सहर खार्तोमका गभर्नर पनि पक्राउ परेका छन् ।

केही सञ्चारमाध्यमले भने सरकारका सबैजसो मन्त्री पक्राउ परेको उल्लेख गरेका छन् ।

सुडानमा गत महिना पनि सैन्य कूको प्रयास भएको थियो। संक्रमणकालीन अवस्थामा रहेको सुडानमा सेना र जनप्रतिनिधिको संयुक्त सरकार थियो । तर, यो सरकारबारे केही विवाद देखिँदै आएको थियो । सन् २०२३ को अन्तिममा आम निर्वाचन गरेर जनप्रतिनिधिलाई नै सत्ता सुम्पिने सम्झौताअनुसार संक्रमणकालीन सरकार बनाइएको थियो ।

अलजजिराका अनुसार अहिले खार्तोममा सबै सञ्चारका माध्यममा रोक लगाइएको छ। साथै अहिले सहरका प्रमुख सडक बन्द छन् ।

सुडानको प्रमुख प्रजातान्त्रिक राजनीतिक समूह सुडानी प्रोफेसनल एसोसिएसनले यो कदमले सैन्य कू भएको स्पष्ट भएको भन्दै मानिसहरुलाई सडकमा आउन आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट