प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । सोमवार अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग छलफल गर्दै छन्। प्रधानमन्त्री देउवाले मन्त्रीहरूसँग बालुवाटारमा छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्री देउवाले न्यायालयमा देखिएको संकटका बारेमा मन्त्रिपरिषद बैठकमा छलफल गर्ने स्रोतको दाबी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बोलाएको फूलकोर्टमा बहुमत न्यायाधीशहरू अनुपस्थित हुने भएपछि यतिबेला न्यायालय सर्वत्र चासोको विषय बनेको छ ।
त्यस्तै पछिल्लो समय बाढी र पहिरोका कारण मानवीय र भौतिक क्षति भएपछि त्यसबारेमा प्रधानमन्त्रीले मन्त्रीहरूसँग त्यसबारेमा पनि छाल्फल्ग गर्नेछन् । छलफलपछि दिउँसो ४ बजे बस्ने मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारी रहेको छ ।