काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको संयुक्त बैठक सुरु भएको छ । उनीहरुको संयुक्त वैठकका कारण प्रधानन्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको फुलकोर्ट बैठक प्रभावित भएको छ ।
प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको छलफलमा नेपाल बारले अहिले देखिएका सबै विवाद फुलकोर्टमा छलफल गर्ने, गोलप्रथाबाट पेसी तोक्ने प्रक्रिया सुरु गर्ने र वरिष्ठ अधिवक्ताको उपाधि वितरणको प्रक्रिया अघि बढाउने अलिखित सहमति गरेको थियो । तर, १४ जना न्यायाधीशहरूले फुलकोर्ट बहिष्कार गर्ने निर्णय गरेपछि बार अलमलमा परेको छ । फुलकोर्ट बस्ने नबस्ने पनि टुंगो छैन । सर्वोच्चका १४ न्यायाधीशहरूको बैठक पनि ११ बजे बस्दैछ ।
यस्तै, सर्वोच्च अदालत बारले न्यायलयमा देखिएको विवादका विषयमा छलफल गर्न बिहान ११ बजे बैठक राखेको सदस्य अनन्तप्रसाद भट्टराईले जानकारी दिए ।