आज कति छ डलरको भाउ ? [सूचीसहित]-Sutra News

आज कति छ डलरको भाउ ? [सूचीसहित]

सोमबार, ८ कार्तिक २०७८

सोमबार, ८ कार्तिक २०७८

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ५३ पैसा र बिक्री दर १२० रुपैयाँ १३ पैसा कायम गरेको छ । 



यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ २३ पैसा र बिक्री दर ८९ रुपैयाँ ६८ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ७० पैसा छ भने बिक्री दर ९७ रुपैयाँ १८ पैसा छ । 

यसैगरी, युरोपियन यूरो आज एकको खरिद दर १३९ रुपैयाँ २४ पैसा र बिक्री दर १३९ रुपैयाँ ९४ पैसा छ ।  यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ४८ पैसा र बिक्री दर १६५ रुपैयाँ ३० पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ४९ पैसा र बिक्री दर १३१ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७२ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५३ पैसा र बिक्री दर १० रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ रुपैयाँ रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८७ पैसा र बिक्री दर ३२ रुपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।  
 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट